काठमाडौं। विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष कुँवरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्। बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका कुँवरले सन् १९८६ देखि तत्कालीन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड) बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यभार सम्हाल्दै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन्।

सन् २०२० जुलाईमा मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका कुँवरले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिमसम्बन्धी तालिम दिँदै आएका छन्।

