काठमाडौँ । आज विश्व उच्च रक्तचाप दिवस। विश्वभर विभिन्न कार्यक्रम गरेर आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ। पछिल्लो समय नेपालमा धेरै वयस्कहरुमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन्।

शहरी क्षेत्रमा यसको अझ बढी जोखिम रहेको विज्ञहको भनाइ छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार विश्वमा एक अर्बभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या छ । नेपालमा कुल जनसंख्याको २६ प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या रहेको तथ्यांक छ ।

अमेरिकी मेडिकल एसोसिएसनका अनुसार सामान्य व्यक्तिको रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ । १३०/८० वा सोभन्दा बढी रक्तचापलाई उच्च रक्तचाप मानिन्छ । उच्च रक्तचापले मुटुको मांसपेशीलाई बाक्लो बनाई धमनीहरूलाई साँघुरो बनाउँदै लैजान्छ । नियमित गतिमा रक्तसञ्चारमा असर पार्छ । त्यसले मुटुसम्बन्धी विभिन्न समस्या देखापर्छन् ।

खानपान तथा जीवनशैली परिवर्तन नै उच्च रक्तचाप नियन्त्रणको मुख्य उपाय भएको चिकित्सकहरू बताउँछन् । धूमपान र मदिरा सेवन नगर्नु, हरिया सागसब्जी तथा फलफूल धेरैले खानु, खानामा नुनको प्रयोग कम गर्नु, रातो र धेरै बोसोयुक्त मासु कम खानु, नियमित व्यायाम तथा योग गर्नु उच्च रक्तचाप रोकथामका उपायहरू हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय