काठमाडौं । नेपाल​ युगान्डाविरुद्ध टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा लगातार दोस्रो हार खेपेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल १ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको युगाण्डाले १९ दशमलव ५ बलमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो। युगाण्डाकी रिता मुसमालीले सर्वाधिक ३० रन जोडिन्। फ्रान्कलिन नज्जुम्बाले १९ र जेनेट मबाब्जीले १६ रनबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका कविता कुँवर र सबनम राईले २/२ विकेट लिँदा रुबिना चौधरीले एक विकेट हात पारिन्।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन जोड्यो। नेपालका बिन्दु रावलले सर्वाधिक २६ रनको योगदान गरिन्। ३६ बलको सामना गरेकी उनले २ चौका प्रहार गरिन्।

सरिता मगरले २२ रनको योगदान गरिन्। कप्तान रुबिना क्षेत्री १७ रन बनाएर रन आउट भइन्। डोली भट्टले अविजित ९ रन बनाइन्। ७ बलको सामना गरेकी उनले १ छक्का हिर्काइन्। सिता रानामगर ६ रन जोडेर रन आउट भइन्। ईन्दु बर्माले ५ तथा अप्सरी बेगमले ३ रन जोडे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय