काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले २०८ पालिकामा विजयी भएको छ । सार्वजनिक परिणामअनुसार कांग्रेसले २०८ पालिकामा जितेको छ । जारी मतगणनामा कांग्रेस ११४ पालिकामा अगाडि छ ।
नेकपा (एमाले)ले १२९ स्थानमा विजय हासिल गरेको छ । एमाले ६५ स्थानमा अगाडि छ । नेकपा (माओवादी केन्द्र) ९० स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २८ स्थानमा अगाडि छ । जनता समाजवादी पार्टीले ८ र नेकपा (एकीकृत समाजवादी) ले ७ स्थानमा विजय हासिल गरेको छ ।


