काठमाडौँ । निर्वाचन आयोगले विभिन्न कारण स्थगन भइ मतदान सम्पन्न भएका पालिकाहरुको मतगणना पाँच दिन सम्पन्न गर्न निर्देशन दिएको छ।

‘विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न—गराउन आयोग निर्देश गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

गत वैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा मतदान स्थगन भएको थियो। यस्ता मतदान केन्द्रहरुमा मतदान भइरहेको छ।

निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ भइ आज मध्यान्हसम्म चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर