काठमाडौं । नेपाली सेनाले आफूसँग रहेको एक हेलिकोप्टर प्रयोगात्मक अभ्यासका लागि प्रदेश १ मा रहेको मनमोहन प्राविधिक विश्विविद्यालयलाई हस्तान्तरण गरेको छ।
मनमोहन प्राविधिक विश्वविद्यालयमा यस आर्थिक वर्षबाट सञ्चालनमा आएको रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङ्गको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि उपयोगी हुने नेपाली सेनाको स्वामित्वमा प्रयोगबिहिन अवस्थामा रहेको चिता हेलिकोप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपूर्जाहरु शुक्रबार गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहबीच नेपाली सेना, सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं.१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गरेका हुन्।

उक्त हेलिकोप्टर सरकारको निर्णयअनुसार उक्त विश्वविद्यालयलाई दिइएको हो। सेनाले भविष्यमा पनि हवाई साधन मर्मत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्रीहरु हस्तान्तरण गरिने जानकारी गराएको छ।

