काठमाडौँ । निर्माणाधीन काठमाडौँ–तराई-मधेश दु्रत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग सम्बन्धित कामको गुणस्तर जाँचबुझ तथा समीक्षा गर्न सुरुङ खन्ने काम रोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दु्रत मार्ग आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले अहिले सुरुङ मार्गको पुनरवलोकन गरिरहेको छ ।अहिलेकै गुणस्तर तथा गतिमा कामलाई अगाडि बढाइने वा थप गर्नेलगायतका विषयमा समेत निर्माण कम्पनीसँग छलफल गर्नुपर्ने भएकाले समेत काम रोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय