काठमाडौं । फोहोर थुप्रिन थालेपछि उपत्यकामा सरुवा रोगको त्रास बढेको छ । मनसुनमा त्यसै पनि बिरामी बढ्ने भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन थालेपछि त्यसको असर अस्पतालमा देखिन थालेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय दैनिक १० जना बढी झाडापखालाका बिरामी पुग्न थालेका छन् । दुई सातादेखि उपत्यकामा फोहोर नउठेकाले पनि त्यसको असर पर्न थालेको चिकित्सकहरूको आशंका छ । अस्पतालमा सामान्यदेखि सिकिस्त बिरामीसम्म पुगेका छन् ।

अस्पताल पुग्ने बिरामीमा पेट दुख्ने, रुघाखोकी, ज्वरो, झाडापखाला र आउँ पर्ने समस्या रहेको छ । यी सबै दूषित पानी र खानेकुराका कारण हुने रोग हुन् । फोहोरबाट झाडापखाला, हैजा, जुका, पेटको समस्या, करेला र छालासम्बन्धी रोगका देखिने चिकित्सकहरू बताउँछन् ।

हप्तौंदेखि थुप्रिएको फोहरले दैनिक ज्यालादारी गरेर खाने वर्ग प्रताडित छ । आफ्नो घर र व्यापार गर्ने थलो अघिल्तिर फोहोरको डुंगुर थुप्रिँदा पैदलयात्री, व्यवसायी र स्थानीय त प्रभावित छन् ।

व्यवसाय र पैदलयात्रुको प्रभावित हुनुको अलावा ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । उनीहरु आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् । फोहोरका कारण स्वास्थ्यमा असर परेको अनुभव उपत्यकाबासीले गर्न थालिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय