एजेन्सी । युइएफए नेसन्स लिगमा डेनमार्कले सहज जित निकालेको छ । गएराति भएको खेलमा डेनमार्कले अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
डेनमार्कलाई जित दिलाउनको लागि जोनास वाइन्ड र एन्ड्रिएस स्कभ ओल्सेनले समान एक–एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको २१औं मिनेटमा जोनास वाइन्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा एन्ड्रिएस स्कभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे ।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सक्दा खेल डेनमार्कले जित्यो । यो जितसँगै डेनमार्क ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित अष्ट्रिया ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

