काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच वर्षमा ६ करोड अवैध रुपमा आर्जन गरेको अभियोगमा नासुविरुद्ध मुद्दा दायर गरेको छ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्धले अकुत आर्जन गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

उनी २०७३ असोज २१ गते सरकारी सेवामा प्रवेश गरी २०७७ साउनमा जागिर छाडेका थिए। त्यसअविधिमा उनले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत आर्जन गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनले सरकारी सेवाको अवधिभ २६ लाख ६१ हजार ६३६ वैध आम्दानी गरे पनि समग्र आम्दान भने ६ करोड ५० लाख ६५ हजार ६४२ देखिएको छ।

