काठमाडौं । मन्त्री हेरफेर गर्ने विषयमा छलफल प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो तीन बजे बस्न लागेको स्रोतले जनाएको छ ।

बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्षनेता सहभागी हुने छन् । तर, उक्त बैठकमा राष्ट्रिय जनमोर्चालाई भने नबोलाइएको बुझिएको छ ।

बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो ।

साथै, समाजवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय