काठमाडौं । विभिन्न ४ देशका लागि नियुक्त राजदूतले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार नै आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। त्यसलगत्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्तासमेत गरेका थिए।

