काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले उच्च पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानसेनापति शर्माले अमेरिकाको संयुक्त चिफ अफ स्टाफ एडमिरल क्रिस्टोफर डब्ल्यू ग्रेडीका उपाध्यक्ष तथा दक्षिण र दक्षिणपूर्व एशियाका लागि रक्षा सहायक सचिव लिन्डसे डब्ल्यू फोर्ड र चिफ अफ स्टाफ अफ द आर्मी (सीएसए) का जनरल जेम्स चाल्र्ससँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटघाटका क्रममा, नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल तथा विचार विमर्श भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय