काठमाडौं । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकता प्राप्त गर्नका लागि सो व्यक्तिका बाबुआमा दुवै नेपाली नागरिक प्राप्त हुनुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा यस सम्बन्धी पहिलो संशोधन विधेयकमा बोल्दै उनले यस्तो बताएका हुन् । सुवालले यस सम्बन्धमा विरोधको सूचना समेत दर्ता गराएका छन् ।

उनले खुल्ला सीमा बन्द हुनुपर्ने र जथाभावी नागरिकता दिने प्रचलन बन्द गर्नुपर्ने माग गरेका छन् । उनले नेपालमा २० वर्ष बसेको प्रमाणपछि मात्र कुनै विदेशीले अंगीकृत नागरिकता दिनुपर्ने, अन्य लिङ्गको हकमा डाक्टरले प्रमाणित गरेको हुनुपर्ने र दुई देशको नागरिकता हुन नसक्ने भएकोले एनआर आनलाई दोहोरो नागकता दिन नहुने बताए ।
बैठकमा बोल्दै एमाले सांसद शेरबहादुर तामङले पुरुषले रोजेको विदेशी श्रीमतीलाई तुरुन्तै नागकता दिने, तर श्रीमतीले विवाह गरेर ल्याएका श्रीमानले नागरिकता प्राप्त नगर्नु असमानता भएको बताए ।
एमालेका सांसद भीम रावलले कुनै पनि देशले नागरिकतालाई हेलचेत्रयाईँ गर्ने र जसलाई पायो त्यसलाई प्रवेश गराउने अवस्था हुनु नहुने बताए । उनले भने, ‘विदेशी महिलाले बिहे गरेर आए लगतै नागक्तिा पाँउछन् भने विदेशीसँग विवाह गरेर गएका महिलाले कति समय कुरेर पप्त गर्नुपर्छ ?’
उनले नेपालका छिमेकी मुलुकको नागरिक्ता दिने प्रावधान एकदम कडाई भएको स्मरण गरे । नगरिकताको विषयलाई राजनीतिक दाउपेच र खेलको विषय नबनाउन आग्रह गरे ।

