काठमाडौं । असारको अन्तिम साता देखि कोरोना संक्रमित हुनेको ग्राफ ह्वातै बढेको छ । यसरी कोरोनाको ग्राफ बढेपनि सरकार भने केही नभए झै गरेर मौन बसेको छ। समयमा नै संक्रमण नियन्त्रण तर्फ नालाग्दा यसले भयानक रुप लिने खतरा बढेको छ ।

केरोना बढेपनि सार्बजनिक यातायात, बजार तथा पसलहरुमा पनि मास्क नलगाउनेहरुको भिड बढद्दै गएको छ। असारको अन्तिमबाट बढ्न शुरु भएको कोरोना संक्रमण मंगलबार सम्ममा खतरानाक तरिकाले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दैनिक ५ सयको हाराहारीमा संक्रमण बढेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय