एजेन्सी । भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मुले सोमबार पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

मुर्मुले सोमबार बिहान एक विशेष समारोहकाबीच पद तथा गोपनियताको शपथ लिनुभएको हो । प्रधानन्यायाधीश एनबी रमणले मुर्मुलाई राष्ट्रपतिको पद तथा गोपनियताको शपथ गराउनुभयाे ।

भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित ६४ वर्षीय मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नुभएको हो । उहाँले सोमबारदेखि कार्यभार सम्हाल्नु हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय