काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइन क्लब ‘इत्तेहाद अल रेफ’ क्लबमा अनुबन्धन भएका छन् ।

बहराइनको अमेच्योर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनको लागि अनुबन्ध गरेको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएको हो।

२० वर्षीय मनिषले च्यानम्पियन मच्छिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए। मनिषले २०२१ मे मा इराकविरुद्ध राष्ट्रिय टिमबाट डेब्यू गर्दै गोल समेत गरिसकेका छन्।

दक्षिण कोरियामा फुटबल सिकेका उनले नेपालको यू–१९ र यू–२३ टिमबाट समेत खेलिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय