काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवद्र्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पु¥याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाबाट हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा, नायब महाप्रबन्धक प्रसिद्धराज अर्याललगायतको पनि उपस्थिति रहेको थियो । नेपाल पेको क्यूआर सेवा सुरु भएसँगै ग्राहकहरूले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम स्मार्टमार्फत भुक्तानी गर्न सक्नेछन् ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आपूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुप्रै सुविधाको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ ।
यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानमा आक्रामक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलोपटक आप्mनै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवा जस्तैः मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधि आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

