काठमाडौं । अमेरिकी सेनाको जहाज सोमबार काठमाण्डुमा ओर्लिएको छ ।

सोमबार काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो । अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत काठमाण्डु आइपुगेको जनाइएको छ ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको टोली काठमाण्डु आइपुगेको हो । उक्त टोलीमा शिक्षार्थी छ जना र चालक दलका १० जना रहेका छन् ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक अभ्यास ब्यालेन्स नेल २२-५५३० तालिम मंगलबारबाट सुरु हुने भएको छ । काठमाडौं छाउनी र भक्तपुरको नगरकोटमा हुने सैनिक अभ्यासमा नेपाली सेनावाट ८० र अमेरिकी सेनावाट १६ जना सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय