जनकपुरधाम । सर्लाहीमा स्रोत नखुलेको ३६ लाख नेपाली रुपैयाँ र सुनका गहनासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ घर भइ काठमाडौँको कपन–१० बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुरको चाँगु नारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय विशाल खत्री रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सोमबार साँझ सर्लाहीको बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेज स्थित नयाँ रोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुबै जना सवार मोटरसाइकलमा रहेको लेदरको झोलाबाट ३६ लाख रुपैयाँ र १९ लाख ५८ हजार रुपैयाँ बराबरको सुनको गहनाहरु बरामद गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
प्रहरीले उक्त रकमसहित सुनको सिक्री एक थान र ब्रास्लेट एक थान र मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीको लागि मंगलबार सर्लाही भन्सार कार्यालय मलंगवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

