काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।

१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें२. ४ ठाउँबाट खानेपानीको मूहान थपें३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ४. ६ लाख विरुवा रोपें५. सरसफाइमा देखिने सुधार ल्याएँ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन९. लागु औषध विरुद्धको अभियान शुरु गरें१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय