काठमाडौं । शान्तिनगरस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्यामा परेको छ ।

२५ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको हो । बचतकर्ताले एकै पटक बचत रकम फिर्ता गर्न माग गरेपछि समस्या आएको बताइएको छ ।

सहकारीले बचतकर्ताको अवधि पूरा भएको फिक्स डिपोजिट पनि फिर्ता नगरेको बचतकर्ताको आरोप छ । कान्तिपुर सहकारीले गएको वर्ष नै २५ वर्ष पुगेको उपलक्ष्यमा २५ वटा शाखा कार्यालय विस्तार गर्ने लक्ष्य राखेको थियो । हाल यो सहकारीले काठमाडौं, भक्तपुर, बनेपा, ललितपुर र हेटौँडाबाट १३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालयसहित पाँच वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

हालसम्म यो सहकारीमा करिब २० हजार सदस्य रहेका बताइएको छ । सहकारीले तिनकुनेमा कान्तिपुर हस्पिटल सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय