काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरूको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । ब्राजिलका राजदूत निर्मलराज काफ्ले र कोरियाका राजदूत प्राध्यापक डा. ज्योति प्याकुरेल (भण्डारी) लाई आइतबार सपथ ग्रहण गराउनु भएको हो ।

राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहमा राजदूतको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । सो अवसरमा सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय