काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बयानका लागि सिंहदरबार पुग्नुभएको छ ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएको हो । गत बुधबार बसैको समितिको बैठकले महाभियोग लागेका जबरालाई बयानका आज बोलाएको थियो ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो ।

राणालाई संघीय संसद् सचिवालयका मर्यादापालकले सुरक्षा दिएर भित्र लगेको थियो । बुधबार बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठक केही बेरमा सुरु हुँदैछ ।

प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन १ मा सत्तारुढ दलले महाअभियोग महाभियोग दर्ता गरेपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो । जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँको पद निलम्बनमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय