काठमाडौ । काठमाडौ उपत्यकामै डेगुको प्रकोप वढ्दै गएपछि स्वास्थ्य कार्यालय, काठमाडौले संम्भव भएसम्मका उपाय अपनाएर डेगु नियन्त्रण अभियान थालेको छ । डेंगी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने देखि लिएर घर वरिपरि जमेका सफा पानी सुकाउनेसम्मको अभियान थालिएको स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख वसन्त अधिकारी वताउँछन् ।

प्रमुख अधिकारीले भने – यसका लागि स्थानीय निकाय प्रहरी–प्रशासन लगायत सबैको साथ र सहयोग जुटाउँदै, स्वयंमसेवक दस्तासमेत तयार गरेर जनचेतजना जगाउने, डेंगी नियन्त्रणको अभियानमा हामी जुटिसकेका छौं । उनका अनुसार अझै एक डेढ महिना डेंगी भाइरसवाट संक्रमित एडिन जातको लामखुट्टेको प्रकोप कायमै रहने भएकाले सबै सचेत हुनु जरुरी छ ।

एडीज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसपछि पनि विहान र साझको समयमा टोक्ने संभावना वढी भएकाले सो समयमा थप सचेत हुनु, लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर भित्र र वरपरका पानी जमेको ठाउँहरु पानी राख्ने भाडाहरु खोजी खोजी सफा गर्न लामखुट्टेको फुल नष्ट गर्न डेंगीको लक्ष्यण देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिन, चिकित्सकको सल्लाह नलिई कुनै पनि औषधि सेवन नगर्न स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख वसन्त अधिकारीले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय