काठमाडौं । उपत्यकामा श्रृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गर्न प्रहरी सफल भएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको ।

उपत्यका अपराध अनुसन्धानको विशेष टोलीले २०७९ साउन महिनामा काठमाडौंको बौद्ध एरिया अन्तरगत चुनिखेलबाट बा ९३ प १४१३ नं. २२० सीसीको पल्सर मोटरसाइकल, गोकर्णेश्वरबाट हराएको बाप्र ०२–०३४ प ३४२५ नम्बरको १२५ सीसीको पल्सर मोटरसाइकल, काठमाडौंकै माकलबारीबाट हराइएको अर्को मोटरसाइकल बाप्र ०२–०३० प ५०८१ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल चोरी भएकोमा चोरी गर्ने र चोरीको सामान किन्ने, पार्टपूर्जा खोली विक्री वितरण गर्ने तीनजना चाेरहरू पक्राउ परेका छन् ।

चोरी कार्यमा संलग्नहरुमा निशान सापकोटा मुख्य चोर रहेको प्रहरीले बताएको छ । मेलम्ची नपा वार्ड १० मा बस्ने मुख्य चोर रहेको प्रहरीले बताएको छ । रावल लेथ एण्ड इन्जिनियरिङ्ग नामको ग्यारेज सञ्चालन गरेर बसेका र चोरी भएको मोटरसाइकलहरुको पार्टपूर्जा खोली विक्री गर्ने व्यक्ति पनि सिन्धुपाल्चोक मेलम्ची नपा वार्ड १० मा बस्ने रामचन्द्र रावल रहेको प्रहरीले बताएको छ ।

चोरी भएका मोटरसाइकलहरुको पार्टपूर्जा खरिद गर्ने पनि सिन्धुपाल्चोककै ईन्द्रावती गाउँपालिका टाकुरे बस्ने पुष्कर काफ्लेलाई समेत नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्न सफल भएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानबाट निम्न कुरा खुल्न आएको प्रहरीले बताएको छ । पठाओ मोटरसाइकल वालाहरुसँग चिनजान गरी सम्बन्ध बढाउने र टिकटक बनाउछु, एक छिन दिनुस् भनेर मोटरसाइकल माग्ने र साे मोटरसाइकल लिएर फरार हुने गरेका थिए ।

यसरी चोरिएका मोटरसाइकलहरु सिन्धुपाल्चोक मेलम्ची १२ मा रहेको रावल लेथ एण्ड इन्जिनियरिङ्ग वर्कसपमा लगेर चोरिएका मोटरसाइकलहरुका पार्टपूजा निकालेर अर्को मोटरसाइकलमा फेर्ने गर्दै आएका थिए ।

चोरिएका मोटरसाइकलहरुको पार्टपूजा खोले पश्चात बाँकी रहेको इन्जिन र चेसिस नम्बर लेखिएको भागलाई चाहिं चिन्ह नसकिने गरी लेथ मेशिनले टुक्राटुक्रा पारी बाँकी सामानहरु कवाडीलाई विक्री वितरण गर्ने गरेको नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानबाट खुल्न आएको कुरा प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले २०७९ भदौ २० गते जारी गरिएको प्रेस रिलिजमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय