काठमाडौँ । नाबालिकमाथि बलात्कारको अभियोगमा पक्राउ परेको नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि सोमबार बिहान अदालत लगिएको छ ।

उनलाई सोमबार बिहान पछाडिको ढोकाबाट जिल्ला अदालत काठमाडौँ लगिएको हो । १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएकी थिएइन् । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

दसैँ बिदाका कारण उनलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय