काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । जिल्ला सरकारी वकिलको उपस्थितिमा उनको प्रहरीले बयान लिनेछ ।

लामिछानेलाई प्रहीले गत २० गते त्रिभूवन विमानस्थलबाट पक्राउ गरेको थियो । दसैं बिदाका कारण आजमात्र अदालतमा उपस्थित गराइएको हो ।

लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय