काठमाडौं । बाँसबारीको सरकारी जग्गा किर्ते ठगी गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिन शुरू गरेको छ।
बिहीबार बिहान बयान दिन नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए। त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिन शुरू गरेको गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए।

सीआईबीले बाँसबारीको सरकारी जग्गा किर्ते गरी ठगी गरेको सम्बन्धमा सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको संलग्नताबारे अनुसन्धान भइरहेको पत्र बुधबार मात्रै सभामुखलाई पठाएको थियो।
चौधरीकै अगुवाइमा २०४३–२०४४ सालमा यो सरकारी जग्गा उनको परिवारले हात पारेको र पछि यसलाई निजी सम्पत्ति बनाइएको प्रकरण उकालोले उजागर गरेको थियो। चौधरी अहिले प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्। आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिएका थिए।
यो प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले विनोदका भाइ वसन्त चौधरी र भिनाजुसँग बयान लिइसकेको छ। माघ १८ गते अरुण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको थियो।

