काठमाडौं । माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो ।
व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको उनीमाथि आरोप छ । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्याएर हत्या गरिएको खाममाथि आरोप छ ।

उनी शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको डिभिजन कमान्डर थिए ।

