काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेट भएको छ । प्रदर्शनका क्रममा जुलुसले निषेधित क्षेत्र तोडेर माइतीघरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

काठमाडौँँका विभिन्न ठाउँबाट ¥यालीसहित आएका जुलुस केन्द्रीकृत भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा माइतीघरतर्फ अघि बढेको थियो । सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रहरीले केही सेल अश्रुग्यासका साथै पानीको फोहोरा प्रहार गरेको थियो ।

प्रहरीको बल प्रयोगपछि प्रदर्शनकारीहरू प्रहरीमाथि जाइलागेका थिए । प्रदर्शनकारीले प्रहरीहरूलाई अगाडि बढ्न पाउनुपर्ने भन्दै ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्या प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको छ । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायत ४० बुँदे माग राखेको छ ।

यसैबीच प्रदर्शनकारीहरूलाई धरपकड गर्ने क्रममा राप्रपाका संघीय सांसद ज्ञानेन्द्र शाही केहीबेर प्रहरी नियन्त्रणमा परेका थिए । शाहीले गृहमन्त्री रवि लामिछानेको निर्देशनमा आफूहरूमाथि बल प्रयोग र धरपकड भएको आरोप लगाएका छन् । उनले आफूहरूमाथि लाठीचार्ज गर्नुभन्दा भ्रष्टाचार गर्ने नेताहरूलाई पक्राउ गरेर देखाउन चुनौतीसमेत दिएका थिए ।

प्रहरीसँगको मुठभेटमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बुद्धिमान तामाङसहित केही घाइते भएको राप्रपाले जनाएको छ । प्रहरीले लाठी हान्दा झापाका चक्र फुँयाल गम्भीर घाइते भएको राप्ररपाmले जनाएको छ । पानीको फोहोरा प्रहार गर्दा पनि भिड नरोकिएपछि प्रहरीले लाठीचार्ज गर्दा तामाङसहित प्रर्दशनकारी घाइते भएका हुन् । राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मंगलबार काठमाडौँकेन्द्रित जनप्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्ति सुरक्षा कायम राख्न भन्दै काठमाडौँ उपत्यकामा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

गृहमन्त्रीको राजीनामा माग

यसैबीच, प्रदर्शनका क्रममा बल प्रयोग र धरपकड भएपछि राप्रपाले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बरु मर्न तयार हुने तर आन्दोलनबाट पछि नहट्ने बताए ।प्रहरीले बल प्रयोग रोकेपछि प्रदर्शनकारीले गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका थिए । अध्यक्ष लिङ्देनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय