काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन पहल भएको जानकारी दिएका छन् । सिंहदरबारमा शनिबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा दाहालले मन्त्रिपरिषद्को आगामी बैठकमा ठोस निर्णय हुन सक्ने बताएका हुन् ।

‘सहकारीको जटिलता गम्भीर बनेको छ । अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ,’ बैठकमा दाहालले भने, ‘छानबिन कुनै नेता विशेषलाई ताकेर नभई समग्र समस्या समाधानका लागि हुने हो ।’ उनले संसद्को अधिवेशन आह्वान गरिएको तर चल्ने–नचल्ने निश्चित नभएको पनि बताए ।

प्रतिपक्षको काम नै सत्ता समीकरण भत्काउने परम्परा बनिसकेको टिप्पणी गर्दै उनले तत्काल यो समीकरण भत्काउन सक्ने स्थिति नदेखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय