काठमाडौं । वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड चार दिनदेखि प्रहरीको नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय झलारीमा बिहीबार आफैँ उपस्थित भएर उनले आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले उनीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

नेपाल आइडल सिजन- २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २ गते उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । तर देश बाहिर रहेका कारण उनी पक्राउ परेका थिएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय