काठमाडौं । काठमाडौँ महानगरले आगामी जेठ २३का लागि १५ औँ नगर सभाको अधिवेशन आव्हान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज सूचना प्रकाशन गर्दे राष्ट्रिय सभागृहको सभा हलमा दिउँसो १ बजे नगर सभाको बैठक आव्हान गरिएको जानकारी दिनुभएको हो ।

जारी सूचनामा काठमाडौँ महानगर नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२औँ बैठकको निर्णयअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ र बागमती प्रदेश सभाबाट जारी भएको गाउँ नगर जिल्ला सभा सञ्चालन [कार्यविधि] ऐन, २०७५ को दफा ३ बमोजिम नगर सभा आयोजना गरिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय