काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका सतिश सिंह नियुक्त भएका छन् । उनले आज बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । त्यसपछि उनी मुख्यमन्त्रीमा नियुक्त ePsf] माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए
मधेसका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेर पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज बिहान १० बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई समर्थन गरेका छन् ।

सप्तरी २ (क) बाट निर्वाचित सिंहले शुक्रबार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष ५५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । उनलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थन छ ।

