काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई अमेरिकाबाट नेपाल फिर्ता बोलाई सैनिक कष्टडीमा राखिएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले अघिल्लो साता अमेरिकाबाट नेपाल फिर्ता बेलाएर सैनिक कष्टडीमा राखेको हो ।

चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई नेपाल फिर्ता बोलाएर मूख्यालयमा हाजिर गराई कसैसँग भेटघाट गर्न दिइएको छैन ।

भदौ १६ मा घर जान लागेका प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक मूख्यालयमा हाजिर गराइएको हो । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा प्रश्न गर्दै कोही कसैले उजुरी गरेका कारण उनलाई न्यूयोर्कबाट नेपाल झिकाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय