काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँचजना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हरिहरनाथ योगीलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र वीरेन्द्रबहादुर शाहीलाई तनहुँमा पठाइएको छ ।

यस्तै, तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ । ४ महिना अघिमात्र तनहुँमा गएका बोहराको अवधि नपुग्दै तानिएका हुन् ।

यस्तै, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत रामप्रकाश शाहलाई राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको छ भने उदयपुरका एसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा तानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय