 
							काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।
विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको हो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

विमानस्थल प्रहरी कार्यालयका त्रिदेव बुढाथोकीका अनुसार घाइते अवस्थामा रहेका विमान चालकको उद्धार गरिएको छ। उहाँलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको छ। अन्य यात्रुको अवस्थाका बारेमा भने विवरण आउनेक्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।



 
										 
										 
												 
												 
												 
												 
												 
												 
											 
								 
								 
								 
								