भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्नु भएको छ ।महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम अन्तर्गत आज राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायर जानु भएको हो ।

अबलोकनका क्रममा राष्ट्रपतिले आम नागरिकसँग संवाद गर्ने भनिएपनि त्यस्तो कार्यक्रम भएन । राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा स्थानीय र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले स्वागत गरेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले दरबार स्वायर, राष्ट्रिय कला संग्राहलय, पुरात्वातिक क्षेत्र, पाँचतले मन्दिर र भैरबनाथको मन्दिर पुगेर पुजाआजा गर्नुभएको थियो । राष्ट्रपतिले करिब २ घण्टा सम्पदा क्षेत्रको अवलोकन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय