काठमाडौं । न्यायपरिषद्ले दुई जना न्यायाधीशलाई वर्षको उत्कृष्ट न्यायाधीशका रुपमा पुरस्कार र सम्मान प्रदान गरेको छ ।
न्याय परिषद्को ३४औँ दिवसको अवसरमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका दीपक खनाललाई उत्कृष्ट न्यायाधीशक रुपमा पुरस्कृत गरिएको हो।

बुधबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनीहरुलाई नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरेका छन्।

