काठमाडौं । नेपाल प्रहरीका ८ जना अधिकृतहरु आगामी चैत ५ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उनीसँगै २०५१ चैत ५ गते भर्ना भएका ५ एआईजी र ३ जना डीआईजी अनिवार्य अवकाशमा जान लागेका हुन् ।
अधिकांश उमेर हदका कारण यसअघि नै अवकाश भए पनि ८ जना भने तीन सातापछि मात्रै अवकाश हुन लागेका हुन् । उनीहरूलाई प्रहरी किताब खानाले अवकाशको पत्र समेत बुझाइसकेको छ ।

जसमा एआईजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनकराज भट्टराई एकसाथ अवकाश हुनेछन् ।

