काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफुलाई जेल हाल्न संसदमा चुनौती दिएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि उनले छाती ठोक्दै यस्तो चुनौती दिएका हुन् ।

उनले संसदको प्रसंग उल्लेख गर्दै साामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि…छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’

बैठक सुरु भएलगत्तै सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच कुनमान घिसिङ प्रकरण र राजावादीको आन्दोलनका क्रममा भएको तिनकुने घटनाबारे चर्काचर्की भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय