काठमाडौं । सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-७ शिवगढीयास्थित सडकमा लु.१ च २७६३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा गाडीमा सवार गैडहवा गाउँपालिका-१ शिवपुरवा बस्ने रामकिशन यादवकी छोरी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिकका-६ मानमटेरिया बस्ने ४८ वर्षीया ज्ञानमती यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार मध्ये १७ जनाको सोही अस्पतालमा र ३ जनाको लाईफ केयर पोलिक्लिनिक महजिदीयामा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा बा.प्र.०६-००१ ज ०१८६ नम्बरको माईक्रोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-२ बस्ने भारत उत्तर प्रदेश गोरखपुर घर भएका ५० वर्षीय जंग बहादुर यादवको सोमबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल सिमरा हुँदै थप उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

