पूर्वी नवलपरासी । वर्षाका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड संचालनमा आएको छ ।

वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि आइतबार विहानदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।

सडकमा जम्मा भएको हिलो र गेग्रान हटाई हिजो दिउँसो तीन बजेवाट सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

मनसुन सक्रिय नहुँदै सामान्य वर्षामा पनि मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती झेलिरहेका छन् ।

वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले घन्टौ‌ं जाममा बस्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय