काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च छलाङ मारेर प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । यस अघिको तुलनामा शुक्रबार सुनको मूल्यले इतिहासकै उच्च छलाङ मारेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको महासंघले जनाएको छ ।

यसअघि गत मंगलबार मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै २३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय