काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुन २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

आइतबारदेखि नै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार सुन २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले सोमबारको रेकर्ड आज तोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय