काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीको भावी रणनीति तय गर्न सचिवालयको आकस्मिक बैठक सुरु भएको छ। ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा भर्खरै सुरु भएको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा तय गर्नुका साथै विरोधका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ।

ओलीको पक्राउपछि पार्टीभित्र तीव्र प्रतिक्रिया देखिएको छ। नेताहरूले यस घटनालाई गम्भीर रूपमा लिँदै राजनीतिक तथा कानुनी दुवै मोर्चाबाट अगाडि बढ्ने रणनीति बनाउने तयारी गरेका छन्। बैठकमा केन्द्रीय तहका शीर्ष नेताहरू सहभागी छन्।

यसैबीच, पार्टी महासचिव शंकर पोखरेलले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। उनले यस्तो कदमले देशको राजनीतिक स्थिरतामा नकारात्मक असर पार्ने चेतावनी दिँदै त्यसको मूल्य महँगो पर्ने बताएका छन्।

एमालेले ओलीको पक्राउविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम ल्याउने संकेत गरेको छ। बैठकपछि औपचारिक निर्णय सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय