काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा श्री बालेन्द्र शाह नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गर्दै द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। उनले आज पठाएको बधाई सन्देशमार्फत दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने इच्छा व्यक्त गरेका हुन्।

चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षको अवधिमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’का आधारमा द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताएका छन्।

काठमाडौँस्थित चिनियाँ राजदूतावासका अनुसार लीले नेपाल सरकारको सुशासन प्रवर्द्धन प्रयासमा चीनको निरन्तर समर्थन रहने बताएका छन्। साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति चीन प्रतिबद्ध रहेको उनको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री लीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’लाई अघि बढाउँदै पूर्वाधार, व्यापार र लगानीलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका छन्। उनले विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय