गोरखा । धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित Manakamana Temple पछिल्लो समय पर्यटन र व्यावसायिक कार्यक्रमहरूको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ। केबलकार सेवामार्फत सहज पहुँच भएपछि यहाँ वार्षिक रूपमा १० लाखभन्दा बढी भक्तजन तथा पर्यटक आउने गरेका छन्।

यसैक्रममा Manakamana Hillcrest Resort को स्थापना र विस्तारसँगै मनकामना क्षेत्र ‘माइस’ (MICE—मीटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिबिसन) पर्यटनको उदीयमान केन्द्र बन्दै गएको छ। यहाँ विभिन्न ठूला कर्पोरेट संस्था तथा सङ्गठनहरूले नियमित रूपमा कार्यक्रम आयोजना गर्न थालेका छन्।

नेपाल बिजनेस इनिसिएटिभ (NBI), रोटरी, महालक्ष्मी विकास बैंक लगायतका संस्थाले मनकामनामा आफ्ना बैठक तथा विशेष कार्यक्रम सम्पन्न गरिसकेका छन्। हालै एभरेष्ट बैंकले १७५ भन्दा बढी सहभागीको उपस्थितिमा दुई रात तीन दिनको विशेष कार्यक्रम आयोजना गरेको थियो, जसले मनकामनालाई ठूला इभेन्टका लागि उपयुक्त गन्तव्यका रूपमा थप स्थापित गरेको छ।

धार्मिक महत्व र प्राकृतिक सौन्दर्यसँगै आधुनिक सुविधा उपलब्ध भएपछि मनकामना अहिले बैठक, सम्मेलन तथा विवाह समारोहका लागि आकर्षक रोजाइ बन्दै गएको व्यवसायीहरू बताउँछन्। यहाँको शान्त वातावरण, सहज यातायात र व्यवस्थित पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटक दुवैलाई तानिरहेको छ।

पर्यटन व्यवसायीका अनुसार धार्मिक गन्तव्यसँगै ‘डेस्टिनेसन इभेन्ट’ को अवधारणा विस्तार हुँदै जाँदा मनकामनाको आर्थिक गतिविधि पनि तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय