काठमाडौं । सरकारले विभिन्न २० करदातामाथि कर परीक्षण तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । आन्तरिक राजस्व विभागअन्तर्गतका आन्तरिक राजस्व कार्यालय कोटेश्वर, काठमाडौं र ललितपुर–२ ले ती करदातालाई १५ दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएका हुन् ।

आयकर ऐन २०५८ लगायतका कानुनी व्यवस्थाअनुसार पटक–पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएका तथा कारोबार स्थल फेला नपरेका करदातामाथि अनुसन्धान थालिएको कार्यालयहरूले जनाएका छन् ।

कार्यालयका अनुसार सम्बन्धित प्रोप्राइटर, सञ्चालक, साझेदार वा अधिकृत प्रतिनिधिले आय वर्षसँग सम्बन्धित सम्पूर्ण कारोबार विवरण, लेखा कागजात तथा आवश्यक प्रमाणसहित १५ दिनभित्र उपस्थित हुनुपर्नेछ । तोकिएको समयभित्र कागजात पेश नगरे उपलब्ध तथ्यांक तथा सूचनाका आधारमा कर निर्धारण गरिने चेतावनी पनि दिइएको छ ।

आन्तरिक राजस्व कार्यालय कोटेश्वरले अनुसन्धानका लागि युनिसा हब ट्रेड प्रालि, टेलिफोनिक ट्रेड प्रालि, मकालु काष्ठ उद्योग प्रालि, सक्षम मार्केटिङ प्रालि, म्याक्स नेट सोलुसन्स प्रालि, सिद्धि सिनर्जी कन्स्ट्रक्सन कम्पनी प्रालि, अयोको सिम्बोल इरेक्टर्स नेपाल प्रालि र एस एण्ड डी सप्लायर्सलाई सूचीमा राखेको छ ।

त्यस्तै मालिका इन्कर्पोरेट प्रालि, भ्याली रिकेश सप्लायर्स, सम्पन्न ट्रेड कन्सर्न प्रालि, रिहाना इन्टरप्राइजेज, लक्ष्मीपूजा ट्रेडिङ, पी.आर. ट्रेडर्स, रिजन एण्ड रोनिश ट्रेड लिंक तथा बी.एस. बानिया स्टोरमाथि पनि कर परीक्षण गरिने भएको छ ।

यता आन्तरिक राजस्व कार्यालय, ललितपुर–२ ले एस.के. इण्डष्ट्रिज, एस.के. ट्रेडर्स, माता चुनदेवी कन्स्ट्रक्सन प्रालि र वृषभ ट्रेड इन्टरनेशनल प्रालिलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय